सिगाैंलकी बालिका करणी ओराेपी निजगढ २ का वडा अध्यक्ष श्रेष्ठले गरे आत्मसमर्पण
वि.सं.२०७९ पुस १८ सोमवार १९:४६

काठमाडौं-निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ ।
वडा नम्बर २ कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
वडा अध्यक्ष श्रेष्ठले एक नाबालिगलाई घरमा बोलाएर जबरजस्ती करणीको आरोपमा गत गत २५ आश्विन मा इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो । जाहेरी दर्ता भएसँगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए ।
वडा अध्यक्षलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । आइतबार राति करिब ८ः३० बजे उनी आफै इलाका प्रहरी कार्यालय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ ।
श्रेष्ठले १५ वर्षकी नाबालिगलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दसैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा जबरजस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिइन् । श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
वि.सं.२०७९ पुस १८ सोमवार १९:४६

















