पोखरामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
वि.सं.२०७९ वैशाख १४ बुधवार १३:०९
1.2K
shares

काठमाडौं ।पोखरा महानगरपालिका–२ अर्चलबोटमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । राम बहादुर पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ७ सय ३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७९ वैशाख १४ बुधवार १३:०९

















