प्रधानमन्त्री देउवा भेटेपछि बारा ४ (क) कि कांग्रेस नेतृ रायमाझीले मैदान छाडिन
माओवादीका उम्मेदवार अनिललाइ समर्थन
वि.सं.२०७९ असोज २८ शुक्रवार १६:५८

काठमाडौं- बारा ४ (क) कि कांग्रेसकि बागि उम्मेदवार नारायणी रायमाझी निरुले उम्मेदवारी फिर्ता लिएकी छिन् ।
काठमाडौंस्थित रिपोर्टस् क्लबमा शुक्रबार पत्रकार सम्मेलन गरेर नेतृ निरुले लाेकतन्त्र जाेगाउन सत्ता गठबन्धन आवश्यक रहेकाले उम्मेदवारी फिर्ता लिएकाे घाेषणा गरिन् ।
मेराे उम्मेदवारीले सत्ता गठबन्धनलाई असर पर्ने देखियाे, उनले भनिन्- त्यसैले मैले उम्मेदवारी फिर्ता लिने निर्णय लिएकाे छु ।

उम्मेदवारी फिर्ता लिनु अघि निरु र प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे थियाे । प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटवार्तामा उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सहयाेग गर्ने सहमति भएको थियाे । देउवाले निरुलाइ उचित जिम्मेवारी दिने समेत प्रतिवद्वता जनाएका छन् ।
सत्ता गठबन्धनकाे सहमति अनुसार साे क्षेत्र नेकपा (माओवादी केन्द्र) काे भागमा परेकाे छ । माओवादीले केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिललाइ टिकट दिएकाे छ ।
वि.सं.२०७९ असोज २८ शुक्रवार १६:५८

















