skip this

राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेन–निर्वाचन अधिकृत कार्यालय

648 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको जानकारी दिएको छ । राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले फागुन १३ गते उम्मेदवारी दर्ता गराएका थिए ।

ती उम्मेदवारविरुद्ध दावी विरोध वा उजुरी दिने म्याद १४ गतेसम्म थियो । उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका १४ र १५ गते निर्धारण गरिएको थियो । त्यसपछि फागुन २५ गते राष्ट्रपति पदको निर्वाचन हुनेछ ।

nijgadh-supermart-adz1200-630