किवानिस क्लब अफ हेप्पी नेपालले पायाे ९ अवार्ड, प्रमिलालाइ देशकै उत्कृष्ट अध्यक्षकाे सम्मान

828 shares

काठमाडौं-किवानिस क्लब अफ हेप्पी नेपालले एकैसाथ ९ वटा अवार्ड प्राप्त गरेकाे छ ।

किवानी नेपाल जिल्ला मध्यवर्ष सम्मेलन २५ फेब्रुअरीमा क्लबले विभिन्न शिर्षकमा अवार्ड हात परेकाे हाे ।

बालबालिकाकाे कार्यरत किवानिसका १ सय भन्दा बढी क्लबहरुमध्ये प्रमिला लामिछानेले नेतृत्व गरेकाे किवानिस क्लब अफ हेप्पी नेपालले सर्वाधिक अवार्ड हासिल गरेकाे हाे ।

प्रमिला सर्वाेकृष्ठ अवार्ड

क्लब अध्यक्ष प्रमिलाले देशकै उत्कृष्ट अध्यक्षकाे सम्मान प्राप्त गरेकी छिन् ।

किवानिस क्लब अफ हेप्पी नेपालको तर्फबाट सन् २०२१/०२२ काे अध्यक्ष भएर कल्बले गरेको हर कार्य लाई उच्च मुल्यांकन गरि सम्मान प्राप्त गरेकाे अध्यक्ष प्रमिला लामिछानेले जानकारी दिईन् ।

सन् २०२२ का किवानिस नेपाल डिस्टिक गभर्नर एकराज पन्तले अवार्ड प्रदान गरेका हुन् । अवार्ड प्राप्त गरेपछि प्रमिलाले भनेकी छिन् -खुसी छु कि हाम्रो संस्थालाई समुदायमा यसको उत्कृष्ट कार्यको लागि मान्यता र पुरस्कृत गरिएको छ। उनले थपिन्- यो हाम्रो किवानिस क्लब अफ ह्याप्पी नेपाल टिमका प्रत्येक सदस्यको कडा परिश्रम र समर्पणको प्रमाण हो । म सबैलाई धन्यवाद दिन चाहन्छु जसले हामीलाई हाम्रो यात्रामा समर्थन र मार्गदर्शन गर्नुभएको छ। म हाम्रो टोलीलाई विशेष रूपमा आभारी छु जसले यो हुनको लागि अथक परिश्रम गरेको छ । म यस उपलब्धिमा संलग्न सबैलाई बधाई दिन चाहन्छु र उनीहरूको प्रतिबद्धता र समर्पणको लागि धन्यवाद दिन चाहन्छु। म विश्वस्त छु कि हामीले भविष्यमा ठूला कामहरू गरिरहनेछौं र हाम्रो समुदायमा सकारात्मक प्रभाव पार्नेछौं।

अध्यक्ष प्रमिलाले २०२२ गभर्नर येकराज पन्त र डिस्टिक सचिव दिपक राज शर्मा पौडेल साथै डिस्टिक बेड समितिका सम्पूर्ण अग्रज, डिभिजन थ्री नर्थका गभर्नर गौतम नेपाल, नम्रता गुरुङप्रति आभार व्यक्त गरेकी छिन् ।