उत्तरी अमेरिकामा जाडो बढ्यो, ५६ जनाको मृत्यु
वि.सं.२०७९ पुस १२ मंगलवार ०९:२३

काठमाडौं । उत्तरी अमेरिकामा जाडो बढेको छ । जाडोका कारण ५६ जनाको ज्यान गएको छ भने चिसो सिरेटोसँगै हिमपात हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।चिसोका कारण न्यूयोर्कमा मात्रै २८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
न्यूयोर्कको बफेलो शहर सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताएका छन् । गभर्नर क्याथे हुचेलले भनेकी छन्, ‘बफेलो शहरका लागि यो इतिहासकै विनाशकारी हो । प्रकृतिले आफूसँग भएका सबै कुराले हामीलाई प्रहार गरिरहेकी छन् ।’
सरकारी अधिकारीहरुले अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएका छन् ।
ओन्टारियो, मोन्टाना, क्युबेक, भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सिन, क्यान्सस, कोलोराडो लगायतका क्षेत्रहरु नराम्रोसँग प्रभावित भएका छन् । मोन्टानामा न्युनतम तापक्रम माइनस ४५ डिग्री सेल्सियस मापन भएको छ ।बीबीसीका अनुसार हिमपात क्यानडादेखि मेक्सिकोको सिमानासम्म फैलिएको छ ।
वि.सं.२०७९ पुस १२ मंगलवार ०९:२३

















