कर्णाली नदीमा डुबेर एक जनाको मृत्यु
वि.सं.२०७९ असार ११ शनिवार ११:३४
1.42K
shares

काठमाडौं । शुक्रबार दिउँसो कैलालीमा कर्णाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। टीकापुर नगरपालिका–६ सिम्रेनीकी १२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी नदीमा नुहाउन गएकी थिइन्। त्यसक्रममा उनी नदीमै बेहोस भएपछि डुबेकी थिइन्। उपचारको लागि उनलाई टिकापुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
वि.सं.२०७९ असार ११ शनिवार ११:३४

















