काठमाडौंबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना, ८ जना घाइते
वि.सं.२०७९ असार ११ शनिवार ११:२१
1.25K
shares

काठमाडौं । आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा नजिकै वनकट्टीमा बस दुर्घटना भएको छ। काठमाडौंबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा ८ जना सामान्य घाइते भएका छन् ।
बिहान करिब ६ बजेको समयमा ना८ख १३६ नम्बरको बस सडक छेउमा पल्टिएको हो । ४३ जना सवार उक्त बस तीव्र गतिका कारण आफैं अनियन्त्रित भइ दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रोटाले जनाएको छ ।
वि.सं.२०७९ असार ११ शनिवार ११:२१

















