पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाएनन्
वि.सं.२०७९ असोज १४ शुक्रवार २०:२६
1.26K
shares

काठमाडौं- बाराको पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाउन सकेका छैनन् ।
नगरपालिकाको नगरसभा बैठक बस्न नसकेकाले तलब दिन नसकेको सूचना अधिकारी गौरी साहले जानकारी दिए ।
नगरपालिकाको विषयमा विभिन्न मुद्दा परेकोले नगरसभा बस्न नसकेको र शिक्षकहरुको तलब बाँड्न नसकेको उनले जानकारी दिए ।
मुद्दाको पेशी यही २५ गते सर्वोच्चमा रहेको र उक्त मुद्दाको सुनुवाईपछि मात्रै काम हुने साहले बताए ।
वि.सं.२०७९ असोज १४ शुक्रवार २०:२६


















