skip this farak Kura Pravakar

पल शाह बालयौन दुरुपयोगमा दोषी ठहर, बलात्कारको मुद्दामा सफाई

2.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-अभिनेता पूर्णविक्रम शाह अर्थात् पल शाहले बलात्कारको मुद्दामा नवलपुर जिल्ला अदालतबाट सफाई पाएका छन् ।

मंगलबार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाई दिएका हुन् ।

नवलपुर जिल्ला अदालत स्रोतका अनुसार शाहलाई जबरजस्ती करणी मुद्दामा सफाई दिँदै बालयौन दुरुपयोगमा दोषी ठहर गरिएको छ ।

स्रोतले भन्यो, ‘शाहले नाबालिगमाथि जबरजस्ती करणी गरेको कसुर पुष्टी हुन सकेन । यद्यपि मध्यरातमा मदिरा लिएर नाबालिगको कोठामा जानु र अन्य व्यवहारबाट बालिकामाथि बालयौन दुरुपयोग भएको पुष्टी भयो । त्यसकारण यो मुद्दा बलात्कारमा नभई बालयौन दुरुपयोगमा परिणत भई अभिनेता शाहलाई दोषी ठहर गरिएको छ ।’

नवलपुर जिल्ला अदालतले शाहलाई बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजायसँगै पीडितलाई १० लाख क्षतिपूर्ति भराउने फैसला सुनाएका छन् ।

त्यसैगरी पीडकबाट २५ हजार जरिवाना भराउने पनि फैसलामा उल्लेख छ । जबरजस्ती करणी कसुरमा लामो समय जेल सजाय हुने भएपनि बाल यौन दुरुपयोगको कसुरमा भने तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।

नवलपुर जिल्ला अदालतबाट सफाई पाएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेको छ ।

तनहुँ जिल्ला अदालतबाट समेत सफाई पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने उनी थुनामुक्त हुन सक्नेछन् ।

nijgadh-supermart-adz1200-630