skip this

पल शाह प्रकरण : ‘पीडित’ नाबालिगले बयान फेरिन्

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिगले बयान फेरेकी छिन् ।

आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् ।

नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले रातोपाटीलाई बताए । पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’

पीडितको पक्षबाट मुद्दा लडिरहेकी एकजना कानुन व्यवसायीले भने–‘पीडित होस्टाइल भएकी छिन्, बकपत्रमा हस्ताक्षर भइसकेको छ ।’

बयान फेर्नेलाई ६ बर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।

nijgadh-supermart-adz1200-630