skip this

बारामा फेरी बाघको आक्रमण, गोठाला गएका दम्पती घाईते

5.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बारामा बाघको आक्रमणबाट एक दम्पती घाईते भएका छन् । बाराको निजगढ वडा नम्बर ११ रतनपुरस्थित तपभुमी सामुदायिक वनमा बाख्रा चराउन दम्पती बाघको आक्रमणमा परेका हुन् ।

बाघको आक्रमणबाट ४२ वर्षिय दिलबहादुर मुक्तान र उनका पत्नी ३८ वर्षिया माईली माया रुम्बा घाईते भएका हुन् ।

बाख्रा चराउन जंगलमा पुगेकी माईली मायालाई बाघले आक्रमण गरेको थियो । माइलीले बचाउका निम्ती गुहार मागेपछि उनका श्रीमान दिलबहादुर आएर उनलाई बचाउन खोज्जा बाघले दिलबहादुरलाई समेत आक्रमण गरेको थियो ।

बारामा बाघको आक्रमणबाट युवकको मृत्यु

बाघको पञ्जा प्रहारबाट उनको घाटी र छातीमा चोट लागेको छ । घाईते दम्पतीको हेटौंडामा उपचार भईरहेको छ । स्थानिय मेडिकलमा सामान्य उपचारपछि हेटौंडा रिफर गरिएका ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिब ओलीले जानकारी दिए ।

यस अघि बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीका ३१ वर्षिय सुरेश मगरको बाघको आक्रमणबाट मृत्यु भएको थियो । कोल्हवीस्थित वन क्षेत्रमा घाँस लिन गएको बेलामा मगरमाथि बाघले आक्रमण गरेको थियो ।

nijgadh-supermart-adz1200-630