skip this farak Kura Pravakar

पर्साका पत्रकार नरेश सर्राफको हृदयघातबाट निधन

नेपाल पत्रकार महासंघद्वारा शाेक व्यक्त

2.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- पर्साका पत्रकार नरेश सर्राफको विहीबार हृदयघातबाट निधन भएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको कार्यसमिति सदस्य समेत रहेका ३८ वर्षिय सर्राफ घरमै विहान व्यायाम गरिरहेको समयमा एक्कासी भुईमा लडेर अचेत भएका थिए ।

अचेत अवस्थामा सर्राफलाई उपचारका लागी बीरगन्जको नारायणी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थिए । हृद्यघातको कारणले भएको हुन सक्ने चिकित्सकले अनुमान गरेको छ ।

नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा। सरोज रोशन दासका अनुसार अस्पताल ल्याउँदा बाटोमै उनको मृत्यु भइसकेको थियो । अस्पतालको आपतकालीन वार्डमा सर्राफलाई मृत घोषणा गरिएको थियो ।

विभिन्न स्थानीय तथा राष्ट्रिय स्तरको सञ्चार संस्थामा सगरमाथा टेलिभिजनका पर्सा संवाददाता, राष्ट्रसन्देश अनलाईनका सम्पादक प्रकाशक समेत रहनेका सर्राफ लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील थिए ।

शाेक व्यक्त

सर्राफको निधनकाे खबरले पत्रकारिता जगतमै शोक छाएको छ । निधनको खबर पाएपछि वीरगन्जका पत्रकारहरु सबै जना नारायणी अस्पतालमा पुगेका थिए ।

उनको निधनमा शाेक व्यक्त गर्दै नेपाल पत्रकार महासंघ मधेस प्रदेश, पर्सा शखाले छुट्टाछुट्टै शाेक सन्देश निकालेका छन् । महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जराले सर्राफकाे निधनप्रति दुख व्यक्त गर्दै पर्सेली पत्रकारिताको क्षेत्रमा अपुर्णिय क्षती पुगेको उल्लेख गरेका छन् ।

त्यसैगरि पर्सा सचिव भूषण यादबले जारी गरेकाे विज्ञप्तिमा निधनकाे खबरले स्तब्ध बनाएकाे उल्लेख छ ।

nijgadh-supermart-adz1200-630