काेल्हवी हत्या प्रकरण : बालकलाई अप्राकृतिक मैथुन गर्न खोजेपछि प्रतिकारमा ज्यान गयाे
वि.सं.२०७९ मंसिर १५ बिहीवार १८:३६

काठमाडौं-बाराकाे काेल्हवीमा भएकाे हत्या घटनामा संलग्न रहेकाे आराेपमा प्रहरीले एक बालक पक्राउ परेका छन् ।
काेल्हवी ११ रामपुर्वाका ४३ वर्षिय परीक्षण चाैधरीकाे हत्या अभियाेगमा स्थानीय एक बालक पक्राउ परेका हुन् ।
परीक्षणकाे शव गाउँकै सियाराम चौधरीको गोठघर पछाडी खाल्टो खनी पुरीएको अवस्थामा फेला बुधबार फेला परेकाे थियाे ।
घटनास्थलमा फेला परेको चप्पलको आधारमा प्रहरीले बालकलाइ पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ । उनीहरु हत्याको अघिल्लो रात १३ मंसिरमा गाउँकै रामपुकार चौधरीको खाजा, नास्ता पसलमा रक्सी सेवन गरेको थिए ।
अप्राकृतिक मैथुन गर्न खोज्दा आक्रमण
संगै बसेर मदिरा सेवन गरेका उनीहरु घरजाने क्रममा परीक्षणले बालकसँग अप्राकृतिक मैथुन गर्न खोजेपछि प्रतिकार गरेकाे प्रारम्भिक अनुसन्धानमा खुलेकाे छ ।
बालकले सिसौको दाउराले प्रहार गरी परीक्षणकाे हत्या गरेका थिए । हत्यापछि घटनास्थल नजिकै खाल्टो खनी शव व्यवस्थापन गरेका थिए ।
अभियुक्त बालक भएकाले पहिचान खुलाईएकाे छैन । बारा जिल्ला अदालतबाट ५ दिनकाे म्याद अनुमति लिई बालकलाइ न्यायिक प्रहरी नियन्त्रण कक्षमा राखिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजेश थापाले जानकारी दिए ।
वि.सं.२०७९ मंसिर १५ बिहीवार १८:३६

















