मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा पैदलयात्रीको मृत्यु
वि.सं.२०७९ असार ४ शनिवार ०९:२७
1.08K
shares

काठमाडौं । शुक्रबार राती १० बजे सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मुलपानीचोकतर्फ जाँदै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
मृत्यु हुने पैदलयात्री हुम्लाको चङ्खेली गाउँपालिका–१ का २४ वर्षीय हरिबहादुर ऐडी रहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ असार ४ शनिवार ०९:२७

















