१३३ यात्री बोकेर उडेको विमान दुर्घटना
वि.सं.२०७८ चैत ७ सोमवार १५:०४

काठमाडौं । चीनका सोमबार विमान दुर्घटना भएको छ । १३३ जना यात्रुहरुलाई लिएर गइरहेको चाइना इस्टर्न प्यासेन्जर जेट विमान ग्यांगशीमा दुर्घटनामा परेकाे हाे। जुन पहाडमा यो विमान दुर्घटना भएको छ त्यहााका केही तस्वीर सार्वजनिक भएका छन् । पहाडबाट धुवाँ उडिरहेको देखिएको छ । यो दुर्घटनामा कति यात्री मारिए भन्ने स्पष्ट छैन ।
दुर्घटनास्थलका तस्वीर हेरेर ठूलो संख्यामा यात्रीहरुको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । रिपोटका अनुसार यात्रीहरुलाई लिएर गइरहेको यो विमान बोइङ ७३७ मोडलको हो । यो मोडलका विमान पहिले पनि कैयौं पटक दुर्घटना भइसकेका छन् ।
२०२१ मा विश्वभरमा एयरलाइन्सका १५ प्राणघातक दुर्घटना भएका थिए । जसमा कूल १३४ जनाको मृत्यु भएको थियो ।
१२ महिनाभित्र सबैभन्दा ठूलो दुर्घटना इण्डोनेसियाको श्रीविजय एयरको बोइङ ७३७–५०० विमानको थियो । यो इण्डोनेसियाको समुद्रमा दुर्घटना भएको थियो । जनवरी २०२१ मा भएको यो दुर्घटनामा विमानमा भएका सबै ६१ जनाको मृत्यु भएको थियो ।
वि.सं.२०७८ चैत ७ सोमवार १५:०४
















