महागढीमाई ५ वटा अबैध मदिरा भट्टी प्रहरीले गर्यो नष्ट
४ लाख ८० हजार बराबरको अबैध घरेलु मदिरा भट्टी नष्ट

वि.सं.२०८१ फागुन १० शनिवार २१:३२
309
shares

बारा–बाराको महागढीमाई ५ वटा अबैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । ४ लाख ८० हजार बराबरको अबैध घरेलु मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक दिलिप कुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका वडा नं.३ रामटोलमा ३ वटा र महागढीमाई वडा नं. १० ग्वासटोलमा २ वटा भट्टी नष्ट गरेको हो ।
प्रहरीले कच्चा पदार्थ ८ हजार लिटर, पलास्टिकको ड्रम ठुलो र सानो गरी १ सय १५ वटा र मदिरा तयार गर्ने मसिन ४ वटा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले प्रकाशित गरेको प्रेस नोटमा उल्लेख छ ।

वि.सं.२०८१ फागुन १० शनिवार २१:३२