एमसीसीबारे निर्णय लिन गठबन्धनको बैठक सुरु
वि.सं.२०७८ फागुन ५ बिहीवार १७:५९
1.03K
shares

काठमाडाैं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने छ ।
एमसीसी र गठबन्धनको भविष्यका विषयमा आजको बैठकलाई निर्णायक मानिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै एमसीसी पास गर्ने अडान लिएपछि गठबन्धन फुट्ने आङ्कलन गरिएको छ ।
प्रमुख सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा उभिएको अवस्था छ ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १७:५९

















