यी हुन् बागमति प्रदेश मन्त्रिपरिषद् बैठकका १० निर्णय
वि.सं.२०७८ फागुन ५ बिहीवार १८:०७

शान्तकुमार सापकोटा
हेटौंडा : बागमती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालका अनुसार बैठकले १० वटा निर्णय गरेको छ ।
पदमुक्त गर्ने निर्णय
बागमती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाँईलाई पदमुक्त गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो जवाफ नदिएको लगायत कारण देखाएर पदमुक्त गर्ने निर्णय गरेको हो ।
२०७८ जेठ २७ गते बसेको मन्त्रीपरिषद्को निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईंलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका थिए ।

राजिनामा स्वीकृत
यस्तै मन्त्रीपरिषद्ले प्रदेश यातायात सञ्चालन व्यवस्थापन बोर्डका अध्यक्ष जगदिशचन्द्र ढुंगानाले दिएको राजिनामा गरेको छ । उनले २०७७ फाल्गुण ११ गते पदबाट दिएको राजिनामा पनि स्विकृत गरेको छ ।
अस्पातालको नामाकरण
दोलखाको चरिकोट अस्पतालाई पशुपति चौलागाई स्मृती अस्पताल नामकरण गर्ने निर्णय गरेको छ ।
त्यसैगरि प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ को अनुसुचिमा हेरफेर गर्ने निर्णय गरेको छ । त्यस्तै अवैतनिक सल्लाहकार र विज्ञ नियुक्ती गर्ने कार्यविधि पारित, उपसभामुखको अमेरिका भ्रमण स्वीकृत, शीत भण्डार सञ्चालन सम्बन्धि कार्यविधि पारित, प्रदेश स्वास्थ्य बीमा समित गठन, प्रदेश खेलकुद नियामावली पारित, प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन लगाएतका निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले जानकारी दिए ।
मन्त्रिपरिषद्को आजको निर्णय अनुसार खेलकुद प्रतियोगीता यहि फाल्गुन २८ गते देखी चैत्र ५ गते सम्म सञ्चालन गरिने भएको छ ।
यस्तै स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा स्वास्थ्य बीमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम गर्ने, बागमती प्रदेशका उपसभामुखको आउदो अप्रिल महिनाको १४ तारीखमा संयुक्त राज्य अमेरीकाको लसएन्जल्समा हुने फिल्म अवार्डमा सहभागी हुन जाने कार्यक्रममलाई आजको मन्त्रिपरिषद्कको बैठकले पारित गरेको हो ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १८:०७

















