skip this

वन निगमका सीईओ रामेश्वर भट्टराईलाई बर्खास्त गर्ने सरकारको निर्णय

792 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारले नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत सीईओ रामेश्वर भट्टराईलाई बर्खास्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको हो । अदालतले ठगी मुद्दामा कैद र जरिवाना ठहर गरेको व्यक्तिलाई नराख्न वनमन्त्रालयले गरेको प्रस्तावमा मन्त्रिपरिषद्ले भट्टराईलाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए ।

अदालतको सजाय हेरेर थप कारबाहीका लागि पनि बैठकले सिफारिस गरेको छ ।

केपी ओली नेतृत्वको सरकारले भट्टराईलाई ४ वर्षका लागि नियुक्त गरेको थियो ।

nijgadh-supermart-adz1200-630