skip this

उद्योग वाणिज्य महासंघको मतदान आज, वरिष्ठ उपाध्यक्षको निर्वाचन दोस्रो चरणमा जानसक्ने

822 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, चैत २९ गते ।  नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ ।

महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुनेछ ।

महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।

अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशतभन्दा कम्तीमा १ मत बढी ल्याउनुपर्ने हुन्छ । ५० प्रतिशतभन्दा १ मत बढी ल्याउन नसके उपाध्यक्षका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ ।

तीन जनामध्ये बढी मत ल्याउने दुईबीच प्रतिस्पर्धा गराइनेछ । तेस्रो नम्बरमा मत ल्याउनेको नाम भने उक्त प्रतिस्पर्धाबाट हट्नेछ ।

वरिष्ठ उपाध्यक्षमा तीन–तीन जनाको उम्मेदवारी परेकाले पहिलो चरणमा निर्वाचन टुंगिने सम्भावना न्यून रहेको उद्योगी व्यवसायीको भनाइ छ ।

nijgadh-supermart-adz1200-630