नेपालको नयाँ नक्साबारे विश्वलाई जानकारी गराइयो कि गराइएन ?–माधव नेपाल
वि.सं.२०८० भदौ २१ बिहीवार १४:५८
879
shares

काठमाडौं। नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर संसदबाट पारित भई जारी भएको अद्यावधिक नेपाालको नयाँ नक्साबारे विश्वलाई जानकारी गराइयो कि गराइएन भन्दै प्रश्न गरेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नक्सा जारी भएपछि विश्वलाई जानकारी गराउनुपर्नेमा त्यसो भयो कि भएन भन्दै प्रश्न गरेका हुन् । संसदबाट पारित भई जारी भएको नक्साबारे विश्वलाई लिखित रूपमा चिठी पठाइयो कि पठाइएन भन्दै उनले प्रश्न गरेका हुन् ।
वि.सं.२०८० भदौ २१ बिहीवार १४:५८

















