अनुसन्धानको क्रममा सीआईबी वा प्रहरी संयन्त्रलाई हस्तक्षेप हुँदैन : गृहमन्त्री श्रेष्ठ

282 shares

काठमाडौं । अनुसन्धानको क्रममा सीआईबी वा कुनै पनि प्रहरी संयन्त्रलाई हस्तक्षेप नगर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आज संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सीआईबी लाई निष्कर्षमा पुग्न निर्देशन दिएको बताए ।

‘सीआईबी वा कुनै पनि प्रहरी संरचना संयन्त्रलाई अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप गरिदैन बरु तथ्य प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुग्ने गरि अगाडि बढाउ भनेर कडा निर्देशन दिएका छौं । ’

सरकार अहिले जेल सुधारको अभियानमा भएको उनको भनाई छ । उनले त्यसको लागि कार्यसमिति बनाउने तयार गरिरहेको बताए । उनले अहिलेको जेलको अवस्थालाई परिवर्तन गर्ने क्रममा ४ गुण बढि कैदीहरु भएका कारण असहज भएको बताए ।