skip this

महोत्तरीमा एमाले अधिवेशन फेरि स्थगित

1.35K shares
oil-nigam-amlekhgunj-adv.jpeg

एमाले महोत्तरीको बुधबार र बिहीबार हुने लागिएको जिल्ला अधिवेशन कोरोना भाइरसको कारण देखाउँदै रोकिएको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने जस्ता निर्देशन जारी गरेपछि अधिवेशन स्थगित गरिएको एमालेले जनाएको हो ।

तर यो आचारसंहिता नभएको भए पनि जिल्ला अधिवेशन गर्न नसकिने एमालेकै नेताहरूको तर्क छ । अधिवेशनको तयारीका लागि बनाइएको जिल्ला आयोजक कमिटीमा विवाद नहुन्जेल अधिवेशन हुनै नसक्ने एकथरी नेताको ठोकुवा छ भने अर्कोथरी नेताहरूले आयोजक कमिटी बनाएर सपथग्रहणसमेत गराइसकिएको दाबी गरेका छन् ।

एमालेभित्रै आयोजक कमिटी बनाएर अधिवेशनको पूर्ण तयारी रहेका बेला कोरोनाको कारण नै स्थगित भएको दाबी गर्छन् । एमालेका पोलिटब्युरो सदस्य तथा महोत्तरीका नेता रामदयाल मण्डल । उनले विधि र विधानअनुसार नै आयोजक कमिटीलाइई सपथ खुवाएको जिकिर गरे ।

महोत्तरीमा अधिवेशनको तयारी नपुगेको भन्दै २४ र २५ पुसमा गर्नुपर्ने अधिवेशन ५ र ६ माघलाई निर्धारण गरिएको थियो ।

nijgadh-supermart-adz1200-630