ओली भेट्न बालकोट पुगे प्रचण्ड
वि.सं.२०७९ फागुन ५ शुक्रवार १५:५१
1.13K
shares

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन्।
शुक्रबार दिउँसो प्रधानमन्त्री प्रचण्ड ओलीसँग भेट गर्न बालकोट पुगेका हुन्। उनीहरूबीच भेटवार्ता जारी छ।
बिहीबार मात्रै प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो। राष्ट्रपतिको विषयमा दुई नेता निरन्तर संवादमा छन्।
वि.सं.२०७९ फागुन ५ शुक्रवार १५:५१

















