नेकपा एस र जसपालाई सरकारमा ल्याउने प्रचण्डको प्रयास, माधव र उपेन्द्रसँग छलफल
वि.सं.२०७९ पुस १३ बुधवार १०:५७
990
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) लाई पनि सरकारमा ल्याउने कसरत गरेका छन् । यसका लागि प्रचण्डले आज एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।
ललितपुरस्थित उपेन्द्र यादवको घरमा तीन नेताबीच वार्ता भएको हो । जसपाले सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी हुने निर्णय गरेको छैन । उता नेकपा एसले भने समर्थन पनि दिएको छैन ।यी दुई दललाई पनि सरकारमा सहभागी गराएर प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा गरिरहेका छन् ।
वि.सं.२०७९ पुस १३ बुधवार १०:५७

















