skip this

मिटरब्याजीलाई कानुननै आर्थिक कसुर राखिने गरि तयारी भइरहेको छ– गृहमन्त्री श्रेष्ठ

816 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। मिटरब्याज पीडितको समस्या सम्बोधनमा सरकार गम्भीर रहेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आइतबारको संसद बैठकमा सांसद्हरूले उठाएका प्रश्नको जबाफ दिँदै गृहमन्त्री श्रेष्ठले पीडितलाई हर हालतमा न्याय दिने सरकार प्रतिवद्वत रहेको बताए। श्रेष्ठले भने,‘मिटरब्याजीलाई कानुननै आर्थिक कसुर राखिने गरि तयारी भइरहेको छ । मिटरब्याज शोषण हो । पीडितलाई हर हालतमा न्याय दिने हाम्रो प्रतिवद्वता छ ।’

मिटरब्याज पीडित र सरकारबीच शनिबार बेलुका पाँच बुँदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान बालुवाटारमा पीडितसँग छलफल गरेपछि साँझ सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। मन्त्रिपरिषद्बाट छानबिन आयोग गठन भएपछि मात्रै मिटरब्याजविरुद्धको आन्दोलन फिर्ता लिने सहमति भएको छ।

nijgadh-supermart-adz1200-630