skip this

मंसिर ४ मा हुने चुनावमा एमालेले एकल बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी

819 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । ४ मंसिरको चुनावमा आफूहरुले एकल बहुमत ल्याउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् । आज पोखरामा आयोजित एमालेको कार्यक्रममा उनले कांग्रेस भन्दा धेरै ठूलो पार्टी बन्ने बताएका हुन् ।

एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेल गरेका दलहरुलाई सरकारमा सामेल गर्ने ओलीको भनाइ छ । ‘एकल बहुमत ल्याउँछ । एकल बहुमतको सरकार बनाउँछ । यसको अर्थ अर्कालाई सरकारमा सामेलै गराउँदैन भन्ने होइन, सामेल गरिन्छ । तर, फेरि पनि त्यो एमालेकै सरकार बन्छ’ उनले भने ।

‘अहिले के के नामको सर्भेमा एमालेलाई कांग्रेसको हाराहारीमा सिट ल्याउने देखाउन खोजिएको छ । कांग्रेसको जति भोट ल्याउँछ एमालेले भन्ने इम्प्रेसन पार्न खोजिएको छ’ ओलीले भने, ‘तर, नेकपा एमाले कांग्रेसको हाराहारीमा होइन, सानो मार्जिनले होइन, अत्याधिक बहुमतले सबभन्दा अगाडि हुन्छ ।’

nijgadh-supermart-adz1200-630