skip this farak Kura Pravakar

आफूलाई प्रधानमन्त्री बनाइदिन प्रधानमन्त्री देउवासँग अध्यक्ष प्रचण्डको आग्रह

753 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उक्त भेटमा अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन्। सत्ता गठबन्धनको तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्डले देउवासँग प्रस्ताव गरेका हुन्।

अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव राखेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।अध्यक्ष प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेको बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डले प्रधानमन्त्रीमा यसरी सहयोग गर्न देउवासमक्ष औपचारिक रुपमा भनेको यो पहिलो पटक हो।यसअघि प्रचण्डले विभिन्न औपचारिक मञ्चहरूमा प्रधानमन्त्रीमा आफ्नो दाबी गर्दै आएका थिए।आजको भेटमा भने प्रधानमन्त्रीसमक्ष प्रस्ताव नै राखेको बताइएको छ। जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनमा यो विषयमा छलफल गर्ने भनेर जवाफ दिएका छन्।

nijgadh-supermart-adz1200-630