skip this farak Kura Pravakar

नवीनतम् प्रविधिको प्रयोगद्वाराआँखाको गुणस्तरीय उपचार सेवा दिएका छौँ–अध्यक्ष डा.पोखरेल

669 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले वार्षिकरुपमा १० हजार व्यक्तिको आँखाको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । अस्पतालले आर्थिक वर्ष २०७८÷७९ मा पाँच हजार ९८१ जटिलसहित आठ हजार १२६ शल्यक्रिया गरेको थियो ।

अस्पतालको १७औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले गत आर्थिक वर्षमा अस्पतालले एक लाख ३२ हजार ४३३ बिरामीलाई उपचार सेवा प्रदान गरेको जानकारी दिएका छन् । उनले अस्पतालले विश्वमा प्रयोग भएका अत्याधुनिक नवीनतम प्रविधिको प्रयोगद्वारा उपचार सेवा पु¥याएकाले पछिल्लो समय बिरामीको रोजाईमा नेपाल आँखा अस्पताल पर्दैआएको बताएका छन् । अस्पतालमा हाल १४ जना नेत्र विशेषज्ञसहित ११८ जना जनशक्ति कार्यरत रहेको र दैनिक सरदर सात सय बिरामीलाई सेवा पु¥याउदै आएको छ ।

काठमाडौँ उपत्यकाभित्र अस्पतालले टोखा, खोकना, मूलपानी र थानकोट तथा उपत्यका बाहिर बाराको सिमरा र गोर्खाको भच्चेकमा आँखा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । पछिल्लो समय अस्पतालले स्थान अभावकाकारण बिरामीको चाप धान्न र शुद्ध–सफा पानीको आपूर्तिमा देखिएको समस्या सम्वोधन गर्न विभिन्न विकल्पको खोजि गरिरहेको छ ।

अस्पतालले आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन गरेको आठ सर्जिकल शिविरमा चार हजार ८६१ को आँखा परीक्षण गरेकोमा त्यसमध्ये सात सय ७९ को शल्यक्रिया गरिएको जानकारी दिएको छ ।त्यस्तै मुलुकका विभिन्न स्थानमा सञ्चालन गरिएका १७ वटा ‘स्क्रिनिङ’ शिविरमा पाँच हजार नै सय ६० को आँखा परीक्षण गरिनुका साथै ४४ जनाको शल्यक्रिया भएको थियो ।

बालाजु स्कुल अफ इन्जिनियरिङसँगको सहकार्यमा अस्पतालले नेत्र सहायक कोष सञ्चालन गरी वार्षिकरुपमा ७४ जना जनशक्ति उत्पादन गर्दैआएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठिान वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन भइरहेका कार्यक्रमबाट एमडी हालसम्म ५७ पुरा गरेका छन् भने बी अप्टोमेट्री कोर्षमा २३ अध्ययनरत रहेको सचिव मेघराज गजुरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

अस्पतालले उक्त आर्थिक वर्षमा विभिन्न सेवा प्रदान गरेवापत रु १७ करोड २७ लाख ७७ हजार २३२ आम्दानी तथा सेवा प्रदान गर्ने सिलसिलामा रु १४ करोड ८९ लाख ४३ हजार खर्च गरेको थियो ।उक्त आर्थिक वर्षमा अस्पतालले रु दुई करोड ३८ लाख ३४ हजार बचत गर्न सफल भएको कोषाध्यक्ष सविता भण्डारीको प्रतिवेदनमा उल्लेख छ । सो अस्पताल आगामी चैत ३० गते स्थापनाको ५० वर्षमा प्रवेश गर्दैछ ।

साधारणसभामा अस्पतालका संस्थापक प्राडा रामप्रसाद पोखरेलले देशमा आँखासम्वन्धी उपचार सेवा गुणस्तरीय र प्रभावकारी रहेकै कारण छिमेकी मुलुकका नागरिकसमेत ठूलो संख्यामा लाभान्वीत भएको बताएका छन् । उपाध्यक्ष दमन घलेले अस्पतालले अविछिन्न गुणस्तरीय सेवा प्रदान गर्ने अग्रणी संस्थाको गरिमा कायम गर्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कमलबहादुर खड्काले अस्पतालले प्रदान गरिँदैआएका आँखा उपचारसम्वन्धी विभिन्न गुणस्तरीय सेवाबारे जानकारी गराएका छन् । अस्पतालका संस्थापक सदस्य विश्वकान्त मैनाली, आजीवन सदस्य कृष्णप्रसाद भण्डारी, तेजूलाल चौधरीलगायतले अस्पतालको श्रीबृद्धिमार्फत आमजनताको सेवाका लागि सबैबाट सहयोगको अपेक्षा गरेका छन् ।

nijgadh-supermart-adz1200-630