skip this yams_Max_Hospital.jpeg

जीतपुरमै गुठीको कर संकलन गर्न गुठी संस्थानमा दबाब बढाउँदै जीतपुरसिमरा उपमहानगर

630 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरमै गुठीको कर संकलन गर्न गुठी संस्थानमा दबाब बढाउँदै लगेको छ ।

गुठी संस्थानलाई पत्राचार गर्दै वीरगन्ज शाखाबाट संकलन हुँदै आएको मालपोत कर अब उपमहानगरकै कार्यालयबाट संकलन गर्न मेयर राजन पौडेलले योजना अघि सारेका थिए ।

कर संकलनको लागि उपमहानगरपालिकाले सार्वजनिक सूचना नै प्रकाशित गरिसकेको छ । तर, गुठी संस्थानले भने उपमहानगरपालिकाले अघि सारेको योजना कार्यान्वयन गर्न नसकिने जनाएपछि नगरपालिकाले यस सम्बन्धमा संविधान र स्थानीय शासन ऐनका प्रावधानलाई आधार मानेर थप दबाब बढाएको छ ।

कार्यालयले मंगलवार संस्थानलाई पत्र पठाउँदै पालिका भित्रका जग्गाहरूको मालपोत कर आर्थिक वर्ष २०८१/०८२ देखि नगर कार्यपालिकाको कार्यालयबाट हुने भनेको हो । त्यसअघि दुई महिना पहिला १८ असोजमा उपमहानगरपालिकाले संस्थानलाई पत्र लेखेको थियो । पत्र पठाएको भोलिपल्ट उपमहानगरपालिकाकामा कर बुझाउन सूचना समेत प्रकाशित गरेको थियो ।

उपमहानगरपालिकाको दशौँ नगर सभाको तेस्रो बैठकको निर्णय नं. १३ तथा जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक ऐन, २०५१ को दफा ३ मा भएको व्यवस्था अनुसार निजी जग्गाको हकमा हाल सम्म गुठी संस्थानमा कर बुझाउँदै आएकोमा आ.व. २०८१/८२ देखि उपमहानगरपालिकाबाट संकलन गर्ने निर्णय भएको भन्दै संस्थानबाट यस उ.म.न.पा. क्षेत्र भित्र पर्ने जग्गाहरूको चालु आ.व. २०८१÷८२ मा संकलित मालपोत कर यस कार्यालयको नेपाल बैंक लि. जीतपुर शाखाको आन्तरिक राजश्व खाता नं. १०००३०००००१००१०००००१ मा दाखिला गर्नुहुन अनुरोध भन्दै गुठी संस्थानमा पत्राचार गरेको थियो ।

साथै हालसम्म यस पालिका क्षेत्रभित्र जग्गा भएका करदाताहरूको मालपोत कर बुझाएको विवरण सहितको ढ्डाको अभिलेखको प्रमाणित प्रतिलिपि समेत उपलब्ध गराउनसमेत भनेको थियो ।

पालिकाको निर्णय नं. १३ मा व्यक्तिगत नाममा भएको जग्गाधनीको मालपोत कर गुठी संस्थानले संकलन गर्दै आएकोमा आ.व. २०८१/०८२ देखी उपमहानगरपालिका÷सम्बन्धित वडा कार्यालयबाट नै संकलन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय पछि गुठी संस्थानले २०८१।०७।०४ मा उपमहानगरपालिकालाई पत्र लेख्दै कर संकलन प्रक्रिया पारदर्शी र समन्वयात्मक बनाउन आवश्यक कदम चाल्नुपर्ने बताएको थियो । ‘गुठी आम्दानी राजश्वमा मिसाउन नमिल्ने तथा गुठी संस्थान नाफारहित धार्मिक संस्था भएकोले गुठी संस्थानको हकमा कर तिर्न नपर्ने कानुनी व्यवस्था भएकोले गुठी संस्थान मातहतका गुठी सम्पदा र सम्पत्ति (जग्गा जमिन, मठ मन्दिर, चैत्य, गुम्बा, पाटी, भवन संरचना आदी) को संरक्षण सम्वद्र्धनको साथै गुठी जग्गा जमिनहरूको मालपोत, कुलबाली आदी गुठी कार्यालयले नै असुल गर्ने नै हुँदा गुठी जग्गाको मालपोत असुली सम्बन्धको त्यहाँको निर्णय कार्यान्वयन नगर्न नगराउनु’ भन्दै पालिकालाई पत्राचार गरेको थियो ।

nijgadh-supermart-adz1200-630