नेविसंघ निजगढकाे रक्तदानमा ८० पाउण्ड रक्त संकलन
वि.सं.२०८१ मंसिर २३ आइतवार १६:१५
1.24K
shares

बारा- ‘रक्तदान जीवन दान, सेवा नै धर्म’ नाराका साथ निजगढ नगरपालिकाको शहीद चोकमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रमको उद्घाटन प्रदेशसभा सदस्य मीना लामाले गरेकी हुन् ।

नेविसङ्घ निजगढका अध्यक्ष ईश्वर सापकोटाका अनुसार १० जना महिलासहित ८० जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा रविराज दंगाल, मनीष तुलाधर, भीमबहादुर भट्टराई, हरिओम दास, उमेश घलान, अभिषेक शर्मा, शर्मिला विक, सन्ध्या रिजाल, मीना चाैरेललगायतले रक्तदान गरेको
रक्तसञ्चार केन्द्र वीरगंजकाे प्राविधिक प्राविधिक सहयाेगमा नेपाल विद्यार्थी सङ्घ निजगढले कार्यक्रम आयोजना गरेको हाे । नेविसंघ निजगढले यसअघि पनि रक्दान कार्यक्रम गरेकाे थियाे ।
वि.सं.२०८१ मंसिर २३ आइतवार १६:१५

















