skip this yams_Max_Hospital.jpeg

काठमाडौं-तराई द्रूतमार्गका लागि ग्राभेल बोकेको टिपर दुर्घटनामा चालकको मृत्यु

1.49K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–काठमाडौं-तराई मधेस द्रूतमार्ग (एक्सप्रेस वे) अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडा नजिकै टिपर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

बकैयाको हात्तीसुँडेबाट द्रुतमार्गका लागि ग्राभेल लोड गरी जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसैमा च्यापिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

 

nijgadh-supermart-adz1200-630