skip this

कांग्रेस सभापति देउवालाई भेट्न प्रधानमन्त्री दाहाल धुम्बाराहीमा

918 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् । मंगलबार विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहाल धुम्बाराहीस्थित देउवाको अस्थायी निवास पुगेका हुन् ।

बूढानीलकण्ठस्थित निवास मर्मतसम्भार भइरहेकाले देउवा धुम्बाराहीमा भाडाको घरमा बस्दै आएका हुन् ।

प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गर्न धुम्बाराही गएको बताइएको छ । कांग्रेसले सरकारलाई विश्वासको मत दिने/नदिनेबारे मंगलबार निर्णय गर्ने भएको छ ।

 

nijgadh-supermart-adz1200-630