skip this farak Kura Pravakar

इनिसा विक हत्याको बलात्कारपछि हत्याको दोषीलाई कारबाहीको माग गर्दै निजगढमा प्रदर्शन

360 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—सुर्खेतको वीरेन्द्रनगरकी इनिसा विक हत्याकाण्डका दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न माग गर्दै निजगढमा जागरुक महिलाको एक समुहले निजगढको शहीद चोकमा प्रदर्शन गरेका छन् ।

गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युशन पढ्न भनी घरबाट बाहिर गएको र अबेरसम्म घर नफर्केकाले खोजी गर्दा विरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको जनजागृति सामुदायिक वनमा शव फेला परेको थियो ।

निजगढमा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा सजाय दिनुपर्ने माग गरेका थिए। उनीहरूले “न्याय चाहिन्छ”, “दोषीलाई सजाय देऊ” लगायतका नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा स्थानीय महिला तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक सविना विष्टले घटनाको निष्पक्ष र तीव्र अनुसन्धान गरी पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

घरदेखि बाहिरसम्म महिला असुरक्षित रहेको भन्दै महिला सुरक्षित भएमात्रै समाज देशको विकास हुने बताईन् ।

त्यस्तै महिला अगुवा सरिता सापकोटाले महिलाहरु आफन्तैबाट बलात्कारको सिकार भईरहेको भन्दै त्यस्ता घटनाम संलगनलाई नयाँ सरकारले फाँसी दिने गरि दण्ड दिने विश्वास व्यक्त गरिन् ।

घटनाको विरोधमा बाराको सिमरासहित देशभर विभिन्न स्थानमा प्रदर्शन भईरहेको छ ।

nijgadh-supermart-adz1200-630