skip this farak Kura Pravakar

प्रदेश नं १ः मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन

786 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।प्रदेश नं १ का मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन गरिएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश गरेका छन् । कार्यविभाजनअनुसार मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूलाई खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय, मन्त्री दुर्गाप्रसाद चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, मन्त्री भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, मन्त्री जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, मन्त्री बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय र मन्त्री निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

nijgadh-supermart-adz1200-630