skip this farak Kura Pravakar

निमित्तका भरमा गुणस्तर तथा नापतौल कार्यालय

2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज- मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ।

तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले गत मंसिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि हालसम्म निमित्तका भरमा कार्यालय सञ्चालन हुँदै आएको छ।

गुणस्तर तथा नापतौल विभागबाट हालसम्म उपसचिव नपठाएपछि आफैँले निमित्त प्रमुखका रुपमा कामकाज गर्दै आएको निमित्त प्रमुख नापतौल अधिकृत सुशीलकुमार यादवले जानकारी दिए।

वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयसहित उक्त कार्यालयको मातहातमा बागमती प्रदेशको मकवानपपुर हेटौँडास्थित ट्यागंकर क्लीब्रेसन एकाइ (पेट्रोलिय पदार्थ बोक्ने ट्याक्कर परीक्षण गर्ने) कार्यालय रहेको छ। दुवै कार्यालयमा गरी हाल करिब १४ कर्मचारी कार्यरत छन्।

सो कार्यालयबाट विभिन्न व्यापार तथा व्यसायमा आवश्यक पर्ने नापतौल तथा नापतौल गर्ने यन्त्रको इजाजत प्रमाणपत्र जारी गर्ने तथा नवीकरण गर्ने काम हुने गर्दछ।

साविकको गुणस्तर तथा नापतौल विभागअन्तर्गतको नारायणी अञ्चल कार्यालयमा रहेको उक्त कार्यालयको हाल मधेश प्रदेशको रौतहट, बारा र पर्सा यसैगरी बागमती प्रदेशको चितवन र माकवानपुर कार्य क्षेत्र रहँदै आएको छ।

nijgadh-supermart-adz1200-630