skip this

झारफुकको क्रममा बालिकाको हत्याआरोपी ‘माता’ ठकुरी जेल चलान

2.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अस्पताल नभएका र जनचेतना कम भएका ठाउँमा बिरामी पर्दा धामी झाँक्रीको भर पर्नु स्वभाविक हो। तर देशको संघीय राजधानी काठमाडौंमा एकसे एक सुविधा सम्पन्न अस्पताल छन्। तर यहीँ बस्ने एक परिवारले अस्पताल भन्दा कथित माताको भर पर्दा आफ्नी १४ वर्षीया छोरी गुमाउनु परेको छ।

बिरामी बालिकालाई उपचारका लागि भन्दै माताको लगिएको थियो । माता भनिने ती महिलाले बालिकालाई कुटपिटका साथै त्रिशुल रोपेर हत्या गरेको परिवारको आरोप छ।

त्यसपछि केहीले रानीवनमा बस्दै आएकी माता भनिने ४८ वर्षीया उमा शाही ठकुरी कहाँ लैजान सुझाव दिएकाले त्यहाँ लगेर राखेको उनकी आमाले बताएकी छिन् ।

परिवारले प्रहरीलाई घटनाबारे जानकारी दिएपछि प्रहरी अस्पतालमा पुगी अनुसन्धान सुरु गरेको थियो। प्रहरीले माता भनिने उमा शाही ठकुरी र उनका दुईजना सहयोगीलाई पक्राउ गरेको थियाे।

झारफुक गर्नेक्रममा बालिकाको हत्या गरेको आरोप लागेकी ‘माता’ उमा ठकुरी जेल चलान भएकी छिन् ।

काठमाडौँ जिल्ला अदालतले थुनछेक आदेश गर्दै ठकुरीलाई जेल चलान गर्ने निर्णय सुनाएको हो । नागार्जुन नगरपालिका-१ रानीवनमा झारफुकका लागि राखिएकी एक १४ वर्षीया बालिकाको पुस २३ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

nijgadh-supermart-adz1200-630