बालुवाटारमा एमसीसीबारे छलफल सुरु
वि.सं.२०७८ माघ २३ आइतवार १६:३५
तस्वीर : सामाजिक संजालबाट
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच सुरु भएको हो । बैठकमा एमाले महासचिव शंकर पोखरेल र सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी रहेका छन् ।
बालुवाटार स्राेतका अनुसार स्थानीय तहको निर्वाचन र एमसीसीका विषयमा छलफल भइरहेको छ ।
ओली र प्रचण्डसँग छलफलपछि सोमबारको मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने प्रधानमन्त्री देउवाको तयारी छ ।
यस्तै एमसीसीका विषयमा सत्ता गठबन्धनमै मतभेद देखिएपछि राष्ट्रिय सहमतिका लागि प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल अगाडि बढाइएको देखिन्छ ।
https://faraknepal.com/11156
वि.सं.२०७८ माघ २३ आइतवार १६:३५
















