skip this

५० लाख ठगी प्रकरण : निर्माण व्यवसायी कुँवर पक्राउ

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं। ५० लाख ठगीमा मुद्दामा पक्राउ परेका घोराही-१५ का विकास पुनको बयानको आधारमा घोराहीका निर्माण व्यवसायी वसन्त कुँवर पक्राउ परेका छन । कुँवरले ठगीमा समातिएका पुनको पैसा अरुको खाता प्रयोग गरेर हाल्न लगाएपछि उनलाई जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानको क्रममा भन्दै पक्राउ गरेको हो ।

‘ठगिमा समातिएका विकासको पैसा साङ्ग्रिला डेपलेपमेण्ट बैंक घोराहीका म्यानेजर सुदर्शन बिष्ट र निर्माण व्यवसायी कुँवरले तीन वटा खाता प्रयोग गरेर आदानप्रदान गरेको प्रहरी अनुसन्धानमा देखिएको छ, तीन वटा खाता प्रयोग गरेर ३० लाख निकालिएको छ, अन्य पैसा नगद नै बुझेको देखिएको छ, निवेदन दिनेदेखि अरु व्यक्तिको खाता प्रयोग गरेर पैसा निकाल्ने सबै उसका पार्टनरका रुपमा देखिएका छन्’।

इट्टा व्यवसायी वसन्तले इट्टा पोल्नका लागि कोइला लगेका घोराही-१५ सहिदगेटका रोशन दाहाललाई आफ्नो पैसा आउन लागेको भन्दै उनैको खाता प्रयोग गरेर ९ लाख बढी पुनको रकम निकाल्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको हो ।

यसअघि पक्राउ परेका साङ्ग्रिला डेपलेपमेण्ट घोराहिका म्यानेजर सुदर्शनले आफ्नो बैंकको स्टाफको खाता प्रयोग गरेर पुनको पैसा निकाल्न सहयोग गरेको प्रहरीले बताएको छ ।

बैंकले त्यति ठूलो रकमको स्रोत नै नखोजी खाताबाट पैसा निकालेर दिएपछि बैंक म्यानेजरसहित निर्माण व्यवसायी, कारोबार गर्ने सबैजसो व्यक्तिहरु अनुसन्धानको दायरामा तानिएका हुन । प्रहरीले ठगीको मुद्दा आइतबार नै सरकारी वकिलको कार्यालयमार्फत अदालतमा बुझाइसकेको र अधिकतम सजायको माग गरिएको बताए । पीडित व्यवसायी र कारोबार गर्नेले प्रहरीमा मिलापत्रको प्रयास गरे पनि सम्भव नहुँदा मुद्दा अदालतसम्म पुगेको हो ।

लामो समयदेखि ठगेर फरार रहेका पुनलाई केही दिन अघि मात्रै सीआईबीको प्रहरी टोलीले काठमाडौंमा पक्राउ गरेपछि दाङ ल्याई २५ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

nijgadh-supermart-adz1200-630