कांग्रेस प्रवक्तामा डा. महत नियुक्त
वि.सं.२०७८ माघ २४ सोमवार ११:५२
2.06K
shares

काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले डा. महतलाई आज सोमबार बिहान प्रवक्तामा मनोनयन गरेका हुन् ।
विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।
उनलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको छ ।
वि.सं.२०७८ माघ २४ सोमवार ११:५२

















