बाराकी रुबीले पाईन् १० हजार डलरकाे वुमन इन बिजनेस छात्रवृत्ति
वि.सं.२०७८ माघ २७ बिहीवार १४:०४
1.62K
shares

काठमाडौं : बाराकी रुबी साहले १० हजार डलर बराबरको जाेन्ता इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान (जेएमके) वुमन इन विजनेश छात्रवृत्तिबाट सम्मानित भएकी छिन् ।
उनलाई जाेन्ता क्लब अफ काठमाडौं-२५, क्षेत्र नम्बर २ बाट मनाेनित गरिएको थियाे ।
पुरस्कारको लागि जाेन्ता इन्टरनेशनल डिष्ट्रिक्ट छनाेटमा आवेदन पठाएको थियाे, जहाँ उनले थप २ हजार डलर पनि प्राप्त गरिन् । उनीसँगै अरु ३२ जनाले २ हजार डलर बराबरको थप छात्रवृत्ति पाएका छन् ।
साहले संयुक्त राज्य अमेरिकाकाे इलिनाेइसस्थित जाेन्टा हेडक्वाटरबाट थप ८ हजार डलर प्राप्त गरेकी हुन् ।
वि.सं.२०७८ माघ २७ बिहीवार १४:०४

















