बतास सर्वोच्च अदालत पुग्यो !
वि.सं.२०७८ माघ २७ बिहीवार १२:५९

काठमाडाैं । सरकारको निर्णयलाई चुनौती दिँदै विवादास्पद बतास समूह सर्वोच्च अदालत पुगेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्णयले आफू अन्यायमा परेको भन्दै बतास रिट लिएर अदालत गएको हो ।
बतास फाउण्डेशनको नामबाट मन्त्री आलेविरुद्ध रिट परेको तर दर्ता नभएको र उक्त रिटमाथि अध्ययन भइरहेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका सञ्चारविज्ञ किशोर पौडेलले जनाएका छन् ।
अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले नियम विपरित बतासलाई नारायणहिटी दरबार संग्रहालयभित्र क्याफ्टेरिया सञ्चालन गर्ने अनुमति दिएको थियो । तर, मन्त्री आलेले उक्त निर्णय उल्ट्याउनुका साथै त्यहाँ निर्मित संरचना हटाइदिनुभएको थियो ।
केही दिनअघि विज्ञप्ति जारी गर्दै मन्त्री आलेको निर्णयले आफूलाई करोडौं रुपैयाँ घाटा भएको दाबी गर्दै बतासले क्षतिपूर्तिको मागसमेत गरेको थियो । अहिले सोही क्षतिपूर्तिको माग गर्दै सर्वोच्चमा पुगेको हो बतास ।
वि.सं.२०७८ माघ २७ बिहीवार १२:५९

















