प्रेस सेन्टर नेपाल मधेस प्रदेशकाे बैठक बर्दिबासमा सुरु
वि.सं.२०७८ फागुन ८ आइतवार १३:४२

महाेतरी । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल मधेस प्रदेशकाे दाेस्राे बैठक महाेतरीकाे बर्दिबासमा सुरु भएकाे छ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकाेटा `जुगल´ काे प्रमुख आतिथ्यकाे सुरु भएकाे बैठकमा प्रदेश अध्यक्ष किरण कर्णले बैठकका एजेन्डा प्रस्तुत गरेका छन् ।
बैठकमा सेन्टरका मधेस इन्चार्ज गाेविन्द देवकोटा, केन्द्रीय सदस्य हिरालाल चाैधरी, अनिल मिश्र, जनार्दन पाेखरेल, सुनिता बराल, माला कर्ण, कृष्ण उदास खनाल, महेश्वर अधिकारी, जगत राइ, मनाेज साह लगायत अतिथि रहेका छन् ।
बैठकमा प्रदेश कमिटीका सल्लाहकार गम्भीरा सहनी, वरिष्ठ उपाध्यक्ष दिपेन्द्र सिंह, उपाध्यक्ष रामभराेषी यादब, सुनिता महताे, मुख्य सचिव गाेपालप्रसाद गुप्ता, सचिव रामनारायण महताे लगायत छन् ।
वि.सं.२०७८ फागुन ८ आइतवार १३:४२
















