चलचित्र विकास बोर्डका सदस्य भाईकाजी श्रेष्ठले गरे स्वास्थ्य सामाग्री वितरण

225 shares

बारा :  चलचित्र विकास बोर्डका केन्द्रीय सदस्य तथा नेपाल सांस्कृतिक संघ बाराका सभापति भाईकाजी श्रेष्ठले स्वास्थ्य सामाग्री वितरण गर्नुभएकोछ ।
   चलचित्र विकास बोर्डका केन्द्रीय सदस्य श्रेष्ठले निजगढ नगरपालिका वडा नम्बर १ र १० कार्यालयलाई कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणकालागि आवश्यक विभिन्न स्वास्थ्य सुरक्षा सामग्रीहरु वितरण गरेका हुन् । 
           श्रेष्ठले दुईवटा वडालाई २ थान अक्सिजन कन्सनट्रेटर, २ हजार थान सर्जिकल मास्क, १ हजार थान एन ९५ मास्क,१०० थान फेस सिल्ड, २५० थान ह्याण्ड ग्लब्स, ६ थान अक्सिमिटर,२ थान थर्मोगन,१० थान थर्मोमिटर र गाउन वितरण गरेका हुन् ।
   वडा नम्बर १ र वडा नम्बर १० को वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी सो सामाग्रीहरु वितरण गरिएको कार्यक्रममा सहभागी स्थानीय समाजसेवी रामचन्द्र लामाले बताए।
  कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नकालागी आवश्यक सामाग्रीहरु वितरण गरिएको श्रेष्ठले बताए ।