skip this farak Kura Pravakar

निजगढकाे सिंगाैलमा वाइसीएलको वडा कमिटी गठन

624 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बुद्धिबहादुर बाेम्जन
बारा (निजगढ) : निजगढ नगरपालिका को वडा नम्बर ३ स्थित नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को विस्तारि बैठक र भेला सम्पन्न भएको छ ।
     नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का  जिल्ला संगठन समितिको सदस्य सन्जिब लोप्चन ´संगम´ को प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएकाे हाे ।
   भेला उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) निजगढ नगर सचिव मोहोन बहादुर खड्का (दिपक) विशेष उपस्थित रहेकाे थियाे ।
     कार्यक्रममा नेता संगमले बद्लिदो राजनीतिको बारेमा आफनाे धारणा राखेका थिए ।
    भेला नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)को वडा नम्बर ३ को वडा कमिटीका अध्यक्ष क्षेत्र बहादुर बल (ओमसाङ) को अध्यक्षता सम्पन्न भएको थियो ।
    भेलाले होम बहादुर डाँसेली मगरको संयोजकमा २६ सदस्यिय योङ कम्युनिष्टलिग वडा कमिटि समेत गठन गरेकाे छ ।
   विस्तारिक बैठक कार्यक्रमको सञ्चालान नेपाल कम्युनिष्ट पार्टी माओबादी नगर सदस्य छिरिङ बलले गरेका थिए ।
     भेलामा निजगढ नगरपालिका वडा नम्बर ३ को स्थानीयको उत्साहजनक सहभागिता रहेकाे थियाे ।

nijgadh-supermart-adz1200-630