skip this hetauda tech

पुरुषाेत्तम पाैडलकै मामा निजगढ ९ का वडा अध्यक्ष बडालले गरे समाजवादीमा सनाखत

1.35K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : नेकपा (समाजवादी केन्द्र) का केन्द्रीय सदस्य बनेर नेकपा (एमाले) मा आन्तरिक रुपमा सक्रिय बनेका पुरुषाेत्तम पाैडेलकै मामा सुदर्शन बडालले समाजवादीमा सनाखत गरेका छन् ।
   निजगढ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुदर्शन बडालले जिल्ला निर्वाचन कार्यालय बारा, कलैयामा पुगेर सनाखत गरेका हुन् ।
  उनीसंगै वडा सदस्य जगत न्याैपाने `गाेकुल´ ले समेत समाजवादी केन्द्रमा सनाखत गरेका हुन् ।  अध्यक्ष बडाल नेकपा एमाले स्थायी कमिटी सदस्य केशव बडालकाे भाइ समेत हुन् ।

वडा सदस्य न्याैपानेले लामाे समय कार्यबाहक अध्यक्षकाे भुमिका निभाएका छन् । उनी नगरकै चर्चित वडा सदस्य हुन् भने राजनीतिसंगै समाजसेवा र व्यवसायमा समेत सक्रिय छन् ।
निजगढमा तीन पुग्याे
निजगढमा समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिकाे संख्या ३ पुगेकाे छ । यसअघि कार्यपालिका सदस्य पवन विकले शुक्रबार सनाखत गरेका थिए ।
नेता नेपालसंग भेट !
समाजवादीमा सनाखत गर्नुअघि वडा अध्यक्ष बडाल र पार्टी अध्यक्ष माधव कुमार नेपाल बिच भेटवार्ता भएकाे थियाे । भेटवार्ताका क्रममा पार्टी अध्यक्ष ओलीकाे निरङ्कुश प्रवृत्तिकाे कारण विद्राेह गरेकाले साथ दिन अध्यक्ष नेपालले आग्रह गरेका थिए । वडा अध्यक्ष बडालले पार्टी अन्तरसंघर्षमा साथ दिदै आएकाे स्मरण गराउँदै सहयाेग गर्ने प्रतिवद्वता जनाएर निजगढ फर्किएका थिए ।

    पार्टीकाे अन्तरसंघर्षमा नेपाललाई साथ दिएका नेता पाैडेल निष्कृय बनेपछि केही समाजवादी र अधिकांश एमालेमा फर्किएका छन् । दुई दिनयता भने नेता पाैडेल एमालेमै फर्किने गरि समाजवादीमा सनाखत राेक्न जनप्रतिनिधिसंग छलफलमा जुटेकाे स्राेतले जनाएको छ ।
  

nijgadh-supermart-adz1200-630