skip this farak Kura Pravakar

निजामती दिवस : राैतहटका सिडियाेले विरामीलाइ बाँडे फलफुल

864 shares
oil-nigam-amlekhgunj-adv.jpeg

राैतहट : निजामति कर्मचारी दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय राैतहटकाे आयाेजनामा विभिन्न कार्यक्रम भएकाे छ ।
    दिवसका अवसरमा विरामीलाई फलफूल वितरण, बक्षाराेपण र रक्तदान कार्यक्रम आयाेजना गरिएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रेवदेव यादवले गाैर अस्पतालका विरामीलाई फलफूल वितरण गरेका थिए । त्यसैगरि अस्पताल परिषरमा वृक्षारोपण समेत गरेका छन् ।
    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भण्डारी, सशस्त्र प्रहरी प्रमुख  सुरज सेन वलि, नायव सुब्बा राम नरेश लगायत विभिन्न कार्यालयका निजामती कर्मचारीहरुको सहभागिता रहेको थियो ।

nijgadh-supermart-adz1200-630