skip this yams_Max_Hospital.jpeg

निजगढमा ‘प्रि’ तीजको रौनक : पाटी प्यालेसदेखि घर–घरमा दर र रमझम

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ) : हरितालिका तीज पर्व आउँन अब तीन दिन मात्र बाँकी छ । अटल सौभाग्य र परिवारीक सुख शान्तिको कामनासहित हिन्दु महिलाहरुले विहीबार महादेवको पूजा आराधना गरी तीज मनाउनेछन् ।
यो पर्वमा महिलाहरु तीजको गीत गाउँदै नाच्छन् र सुखदुःख साटासाट गर्दछन् । त्यो दिन तीजको रहर आयो बरिलै.. बोलको गितमा महिलाहरु रमाउँछन् ।
केहि वर्षयता तीजलाई पनि ‘प्रि’ तीज को रुपमा एक साताअघिबाटै मनाउन थालिएको छ । बाराको निजगढमा पनि विभिन्न गैरसरकारी, सहकारी, सरकारी र राजनीतिकर्मीले छुट्टाछुट्टै कार्यक्रम गरि तीजको स्वागत गरेका छन् । महिलाहरु भेला भएर दर खाने र नाचगान गर्ने क्रम एक साताअघिबाटै सुरु भईसकेको छ ।
प्रि तीजको रौनक पाटी प्यालेसदेखि घर–घर पुगिसक्यो ।

निजगढ ८ स्थित पाटी प्यालेसमा परिवर्तन नेपाल संस्थाको आयोजनामा तीज विशेष कार्यक्रम भयो । कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने, कार्यपालिका सदस्य जगतकुमारी अधिकारी, मिनमाया लामासमेत सहभागि थिए । आयोजक र अगुवा महिलाहरु एउटै पोशाकमा सजिएका थिए । नगरका विभिन्न वडाबाट महिलाहरु सहभागि थिए ।


तीज दर र नाचगान अघि आयोजित औपचारिक कार्यक्रममा संस्थाकी अध्यक्ष सुमित्राकुमारी पौडेलले संस्थाको उद्देश्यबारे प्रकाश पारेकी थिईन् । कार्यक्रममा निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शोभा राउत, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढकी कोषाध्यक्ष सम्झना थापा, सामुदायिक विकास संस्थाकी मिरा पोखरेल, जनकल्याण संस्थाकी हिरालक्ष्मी लामा लगायतको विशेष उपस्थिति रहेको कार्यक्रमको सञ्चालन वेदु कुमारी लामिछाने र स्वागत संस्थाकी सचिव दिपा सापकोटाले गरेकी थिईन् ।


त्यस्तै नेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ (क्रान्तिकारी) ले निजगढ ७ स्थित पार्टी कार्यालयमा मौलिकशैलीमा तीज भेटघाट कार्यक्रम आयोजना ग¥यो । नगरका विभिन्न वडाका महिलाको सहभागितमा भएको कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी) निजगढकी इन्चार्ज जिरीमाया बल, नेकपा (माओवादी केन्द्र) प्रदेश २ का सदस्य रविराज दंगालले सम्बोधन गर्दै भड्कीलो नभई क्षमता अनुसार चाडबाड मनाउनु पर्नेमा जोड दिएका थिए ।

अनेमसंघ (क्रान्तिकारी) निजगढ नगर अध्यक्ष धनमाया लामाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सदस्य बेनीबहादुर मुक्तान, सन्तोष दंगाल, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारी, पार्टी नगर सदस्य यतिराज सापकोटा, शेख अन्जर लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सीता लोप्चन र स्वागत रिता चौलागाईले गरेकी थिईन् ।


त्यस्तै नेपाल पत्रकार महासंघ बाराका शाखाकी उपाध्यक्ष मनिता पाण्डेको नेतृत्वमा बाराका महिला पत्रकार र निजगढका अगुवा महिलाहरु विच तीज शुभकामना आदन प्रदान कार्यक्रम निजगढका सम्पन्न भएको छ । निजगढ ४ स्थित शहीद हिरालाल पार्कमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारगृहमा कार्यरत महिला सञ्चारकर्मीको सहभागिता रहेको थियो ।


त्यस्तै निजगढ नगरपालिकाले महिला कर्मचारीको लागि तीज विशेष कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमपछि महिला कर्मचारीहरुले दर खानुका साथै नाचगान समेत गरेका थिए ।
त्यस्तै साना किसान कृषि सहकारी संस्था डुमरवाना र सम्मुन बहुउद्देश्य सहकारी संस्थाको साधारण सभामा सहभागि महिलाहरुले समेत तीजको शुभकामना साटासाट गरेका छन् ।
त्यसैगरि सार्वजनिक माध्यमिक विद्यालयका शिक्षक–शिक्षिकाले पनि विद्यालयमा तीजनको शुभकामना आदनप्रदान कार्यक्रम गरेका छन् ।
त्यस्तै अन्य विभिन्न विद्यालयका शिक्षिकाहरु होटलमा गएर तीजको स्वागतमा रमाएका छन् । विभिन्न समुहमा आवद्धहरुले समेत विभिन्न होटल तथा घरमै जम्मा भएर दर खाने कार्यक्रम मनाएका छन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर महादेव पति पाएको धार्मिक किम्वदन्ती रहेकाले तीजमा व्रत बस्ने अविवाहिताले सुयोग्य वर पाउने र विवाहिताले अटल सौभाग्य पाउने विश्वास छ ।

nijgadh-supermart-adz1200-630