skip this yams_Max_Hospital.jpeg

मृगौला पीडित मोक्तानको उपचारका लागि युट्युवमार्फत अभियान (भिडियोसहित)

1.34K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

शान्तकुमार सापकोटा
बारा (निजगढ) : खेती किसानी गरेर परिवार चलाउँदै आएका बाराको निजगढ नगरपालिका वडा नम्बर १ का ६४ वर्षिय वीरबहादुर मोक्तानको दुवै मृगौलाले काम गर्न छाडेको छ ।
ठूलो परिवार संख्या र कमजोर आर्थिक अवस्थाको कारण मृगौला पीडित वीरमानको उपचारमा समस्या भएको छ । गत फागुनदेखि मृगौलाले काम गर्न छाडेपछि आर्थिक अभावमा उपचारमामा समस्या हो ।
वीरबहादुरले उपचारको लागि आर्थिक सहयोगको आशा गरेर सञ्चारकर्मी गुहारेका छन् । वीरबहादुरको अवस्थाबारेमा भिडियो तयार गरेर युट्युब च्यानल सल्युट सिँगौलले अभियान थालेको छ ।
भिडियो प्रशारण गरेपछि अहिले धमाधम आर्थिक सहयोग जुटिरहेको छ । स्थानीयदेखि देशविदेशमा रहेका मनकारीहरुले आर्थिक सहयोग पठाउन थालेपछि वीरमानलाई अब त बाँच्छुहोला आश पलाएको छ ।
आर्थिक सहयोग जुट्दै
वीरमानको उपचारका लागि हालसम्म एक लाख ५२ हजार ५ रुपैँया सहयोग रकम संकलन भइसकेको छ । पिडित मोक्तानलाई शनिवार सिँगौलका केरा व्यवशायी युवाहरु सुमन थापा, नेमराज पाख्रिन र उमेश राईले नगद ६ हजार रुपैयाँ प्रदान गरेका छन् ।

उनको उपचारका लागि निजगढ १ स्थायी घर भई अमेरिका बस्दै आएका सुबास बुढाथोकी र अलिशा मगर बुढाथोकीले सबभन्दा पहिले १० हजार ५० रुपैयाँ पठाएका थिए ।
त्यसपछि निजगढ १ नै घर भई अमेरिका बस्ने रोमन लामाले व्यक्तिगत सबैभन्दा धेरै १६ हजार रुँपैया पठाए भने निजगढ १ नै घर भई दुवाई बस्ने कृष्ण भण्डारीको पहलमा भारतिय, फिलिपिनो लगायत अन्य नेपालीहरुले समुहगत रुपमा ३७ हजार ८ सय रुपैयाँ पठाए ।
त्यसैगरी निजगढ २ घर भई जापान बस्ने सनोज थापाले १० हजार, सर्लाही राजघाट घर भई जापान बस्ने मञ्जु कार्की रेग्मी र सुदीप रेग्मिको पहलमा व्यक्तिगत र त्यहाँ कार्यरत नेपालीहरु वास्ना भण्डारी, विष्णु गुरुङ, गीता खड्काथोकी, तुलसी भुषाल, रन्जना आले, संजय मगर, कुमारी राई, सरला बस्नेत, मिनाराई, उषा र पुष्पाले समुहगत रुपमा १७ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् ।
त्यसैगरि निजगढ ३ घर भई मलेसियाको मल्टिग्रेड इन्डष्ट्रीजमा कार्यरत दिल राना र अन्य नेपालीहरु, रामकाजी पौडेल, कुमार गुरुङले ८ हजार एक सय सहयोग गरेका छन् ।
त्यस्तै निजगढ १ घर भई कतारमा कर्यरत कल्याण पौडेलले ६ हजार ५ सय, निजगढ ७ का समाजसेवी एवं शिक्षक दीनानाथ साहले ५ हजार ५ सय ५५, निजगढ २ घर भई दुवाईमा कार्यरत नारायण सापकोटाले ५ हजार, पनौती घर भई दुवाई बस्ने प्रमिला सापकोटाले ५ हजार, रौतहटको चन्द्रपुर घर भई दुवाई बस्ने रोशनी राईले ५ हजार, निजगढ १ घर भई अमेरिका बस्ने आशिक लामाले ५ हजार, निजगढ ३ घर भई दुवाईमा कार्यरत नकुल तिमल्सिना र सुरुची थापाले ५ हजार सहयोग गरे ।

त्यस्तै हेटौंडा निवासी अनुपम सापकोटाले ५ हजार, काठमाडौ निवासी सुरज कार्कीले ५ हजार, निजगढ १ घर भई कतारमा कार्यरत सबुराम कछडियाले ३ हजार, वर्दिवास निवासी सरोज पौडेलले २ हजार ५ सय रुपैयाँ पठाएका थिए।
उक्त संकलित रकम वडा नं १ का वडाध्यक्ष मंगले लोप्चन, सहयोग रकम पठाउनेका अभिभावक तथा स्थानिय भद्रभलाद्मिको रोहवरमा पीडितलाई हस्तान्तरण गरिएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष लोप्चनले ३९ हजार ३ सय ३९ र वडा नं १ का स्थानीय समाजसेवी कान्छालाल थोक्करले १० हजार १ सय ५५ रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।
पत्नीले दिने भईन मृगौला
मोक्तानलाई उनकी पत्नी ६१ वर्षिया कान्छिमाया मोक्तानले मृगौला दान गर्ने भएकी छिन् । कान्छिमायाको सहिद धर्मभक्त मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरले आवश्यक स्वास्थ्य परीक्षण गरेको छ ।
पिडित वीरबहादुर सँग कान्छिमायाको सम्पूर्ण परिक्षण म्याच भएपछि मृगौला प्रत्यारोपणको प्रक्रिया अगाडि बढ्ने स्थानीय बहादुर सिं मोक्तानले जानकारी दिए ।
वीरबहादुरको अहिले वीरगञ्जस्थित नेश्नल मेडिकल कलेजमा डायोलाईसिस हुँदै आएको छ । उनलाई हप्ताको दुई चोटि निःशुल्क रुपमा डायोलाईसिस गर्ने व्यवस्था मिलाईएको छ ।
भिडियो

nijgadh-supermart-adz1200-630